Posts

Showing posts from July, 2021
Image
  माया फेरि बलात्कृत भइन् 15th July 2021, 10:00 am | ३१ असार २०७८ 118 Shares   72 भुमिका कुमारी बिष्ट- सुदूरपश्चिमकी माया एकपटक फेरि बलात्कृत भइन्। बाहिर होइन आफ्नै घरमा। त्यो पनि आफ्नै नजिकको नातेदार दाजुबाट। आफू १५ वर्षे पुगे पनि चारपाँच वर्षको बच्चा जस्तै व्यवहार गर्छिन् माया। उनलाई सरसफाई र खाना खुवाउने काममा अरुले सघाउनु पर्छ। माटो खेल्न मन पराउने उनलाई अरुले भनेका कुरा याद रहँदैन। एउटै कुरा दोहोर्‍याइ रहन्छिन्। उनको महिनावारी पनि सुरु भैसकेको छ। यी कुरा उनले बुझ्दिनन्। घरिघरि घरबाट फुत्तबाहिर निस्किन्छिन र हराउँछिन्। हरेक दिन उनलाई खोज्न निस्कनुपर्छ। उनको यो व्यवहारले परिवार दिक्क भएको छ। घरमा हालसालै भएको माथिको घटनाले भने मायाको परिवारमा तरंग ल्याइदिएको छ। दाइ नाता पर्नेले मायाको अवोधपनको फाइदा उठाइरहेको उनकै भाउजु निर्मलाले देखेकी थिइन्। निर्मलालाई यो कुरा सह्य भएन। उनले सासुलाई (मायाको आमा) तुरुन्त यो कुरा सुनाइन्। मायाकी आमाले भने यो कुरा बाहिर ल्याउन सकिनन्। ‘कसले के भन्ला, मायालाई केही होला कि?’ आमाको मनमा यस्तै कुरा खेलेको थियो। निर्मलाले प्रहरी उजुरी गर्ने कुरा ...
Image
  जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै… 25th July 2021, 07:30 am | १० साउन २०७८ 102 Shares   83 फोटो : Uma Bista via Nytimes भूमिका विष्ट- स्कुलमा बालविवाह गर्नु हुदैन भन्ने पढेकी जमुना १६ वर्षमै विवाह गर्न बाध्य भइन्। जमुना सानै छँदा उनको बुवाको मृत्यु भएछ। आमाले ज्याला मजदूरी गरेर जमुना र उनकी बैनीलाइ स्कुल पढाउनु भएको थियो। जमुनाको गाँउमा उनकै उमेरका धेरै केटी स्कुल जाँदैन्थे। जमुना बेलाबेला उनीहरुलाई स्कुल पढ्नु पर्छ भनेर पनि सम्झाउँथिन्। उनी आफ्नो आमाले गरिबीका बाबजुद पनि स्कुल पढाएको कुरा सुनाएर अरु केटीलाइ पढ्न प्रेरित गर्थिन्। जमुनाले आमाले गरेको दु:ख राम्रोसँग बुझेकी थिइन्। त्यसैले धेरै पढेर आमालाई सुखी बनाउने सपना उनले बुनेकी थिइन्। छिटो पढाइ सकेर आमाको जिम्मेवारीमा साथ दिएर बहिनीलाई पनि राम्रो पढाउने जमुनाले सोचेकी थिइन्। तर सबै सोचेजस्तो कहाँ हुने रहेछ र!      एकदिन जमुना ढिक्कीमा धान कुटेर आँगनमा चामल छान्दै थिइन्। त्यही बेला छिमेकी एकजना भाउजुले उनलाई 'नानी तराइमा बिहे गरेर जाउ, ढिक्की कुट्नु पर्दैन' भनेर जिस...
Image
  मालाले कसरी पढ्ने होला? 16th May 2021, 07:54 am | २ जेठ २०७८ 164 Shares   158 भूमिका कुमारी विष्ट- पढाइसम्बन्धी एउटा छलफल कार्यक्रममा मालासँग पहिलो पटक भेट भएको थियो। पातलो नाक, गहुँगोरो वर्णकी उनी, कक्षाका अरुभन्दा भिन्नै थिइन्। उनको ध्यान छलफलमा भन्दा अन्तै थियो। उनको बारेमा बुझ्ने मेरो कौतहुलता झन् बढ्यो। अर्को दिन फेरि उनीसँग नजिक हुने कोशिश गरे, तर उनी खुलिनन्। विद्यालयमा पढाइ कस्तो छ? घरमा कस्तो अवस्था छ? पढ्न समय मिलाउन सकिन्छ कि नाई? यस्तै यस्तै कुरा बुझ्न खोज्दैथिएँ म। लगभग १ महिनासम्म बेलाबेला स्कूल जाने र कुराकानी गर्ने गर्न थालेपछि उनको भित्री कुरा थाहा पाएँ। माला सानैदेखि फुपुको घरमा बसेर पढ्दै आइरहेकी रहेछिन्। १३ वर्षकी उनी अहिले कक्षा ६ मा पढ्छिन्। मालाका बिहे भइसकेका २ दिदी र एउटा सानो भाइ पनि छ। भाइ अहिले आमाबुबासँगै आफ्नै घरमा रहेछन्। माला ८ वर्षकी हुदाँ उनकी आमालाई बाहु (बाथ) रोगले समायो। उपचार गर्दा मालाको परिवारलाइ निकै आर्थिक समस्या भयो। आर्थिक अभावले गर्दा मालाले स्कुल नै जान छोडिन्। खानेमुख धेरै भएपछि मालाका बुवाले उनका दुइ दिदीको सानैमा बिहे गरिदिए। ...
Image
  मजदुरी गरेर चार सन्तान एक्लै हुर्काइरहेकी ३२ वर्षीय निरु भूमिका कुमारी विष्ट कञ्चनपुर, जेठ ३१ 7.9k Shares भूमिका विष्ट कञ्चनपुरकी निरु (नाम परिवर्तन) १४ वर्षकी हुँदा उनका बुबाले बिहेको तयारी गरेका थिए। सारी लगाउने, गहना लगाउन पाउने भनेर निरु पनि हौसिएकी थिइन्। त्यही बेला भारतमा काम गर्ने आफ्नै गाँउका केटाले निरुसँग प्रेम प्रस्ताव राखे। निरुको मन बदलियो।  बुबाले खोजेको नचिनेको केटासँग बिहे गर्नभन्दा गाँउकै चिनेजानेको लाहुरे केटासँग बिहे गर्नु ठिक सोचेर उनै केटासँग भागेर बिहे गरिन्। गाउँ छोडेर उनीहरू भारतको दिल्ली पुगे। केही महिनापछि गाउँ फर्किदा निरु दुई जिउकी भइसकेकी थिइन्। निरुका श्रीमान् दिल्लीमा कपडा कारखानामा काम गर्थे। श्रीमान बेला-बेला घर आइरहन्थे। निरु भने सासु ससुरासँग घरमै बस्न थालिन्। ‘१५ वर्षको उमेरमा मैले पहिलो छोरी पाएँ,’, निरुले भनिन्, ‘अब छोरा पाउनु पर्ने दबाब आउन थाल्यो।’  छोरी जन्मेको एकवर्षमै उनी दोस्रो पटक गर्भवती भइन्। सासु ससुराको चाहना अनुसार यो पटक छोरा नै जन्मियो। परिवारमा सबैजना खुशी थिए तर ...
Image
  ‘अलि कम खानू, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ!’ भूमिका कुमारी विष्ट चैत १४ 6.3k Shares मधुका बुवा फौजमा जागिरे थिए। आमा गृहिणी। घरकी एक्ली सन्तान मधु गाउँको सबभन्दा राम्रो विद्यालयमा पढ्थी। उनको जीवनमा कुनै पनि कुराको कमी थिएन। तर पनि उसलाई सधैं एउटा चिन्ताले सताउथ्यो, ‘म किन मोटी भएँ ?’  १४ वर्षमै उनको तौल ८० केजी भैसकेको थियो। त्यही भएर मधु घरबाट कामै नपरी बाहिर निस्किन रुचाउदैनथी। निस्कियो कि छरछिमेकका कुरा सुन्न परिहाल्थ्यो, ‘उ मोटी आई’ । मोटोपनका उनका धेरै किस्साहरू थिए मन दुखाउने। बेलाबेलामा मलाई आएर सुनाइरहन्थी।  म दुनियाँको वास्ता नगर भनेर ढाडस दिन्थेँ। एकदिन मधु र उनकी आमा, मामा घर जान बसमा चढेका रहेछन्।  मधुलाई देख्ने बित्तिकै सहचालक भाइ कुर्लेछन्,‘बाबा हो, दुई जना अटाउने सिटमा एकैजना पो बसाउनु पर्ने भयो।’ सहचालकको कुरा सुनेर बसमा भएका सबै गलल हाँसे। मधुको मन भने कटक्क खायो।  मामा घर पुग्ने बित्तिकै पनि सुरू भैहालेछ,‘भान्जी अलि खाना कम खानु के, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ’। मामाको कुराले मधुलाई त्यो रात निद्रा परेन...