भूमिका कुमारी बिष्ट २०७८ चैत २६ गते ८:०८ 9.1k Shares कथा : छाया २० वर्षकी मस्त तरुनी थिइन् । यौवनले भरिँदै जाँदा उनको शरीरमा बेग्लै चमक देखिन्थ्यो । शरीर क्रमशः परिवर्तन हुँदै जाँदा मनको चञ्चलता पनि बढ्दै थियो । त्यसैले छाया घण्टौं ऐनामा आफ्नो यौवना नियाल्ने गर्थिन् । खेलामा नुहाउन गएकी छायाले भित्री वस्त्र खोल्दै पातलो सेतो चुन्नीले आफ्नो निर्वस्त्र शरीर छोपिन् । नुहाउँदै गर्दा उनले आफ्नो अनुहारदेखि पैतलासम्म साबुन लगाइन् । खोलाको पानीमा उनको सग्लो शरीरको प्रतिबिम्ब देखियो । त्यो सुकुमार शरीर कम्ता आकर्षक देखिएन । खोलाको पानीमा डुब्बी लगाएर माथि उठ्दा पानीभित्रै सेतो चुन्नीको अस्तित्व हरायो र चुन्नी अब सेतो मात्र रहेन । पानीसँगै सेतो चुन्नीले उनको सम्पूर्ण निर्वस्त्र अंग देखाइदियो । पानीले निथ्रुक्क भिजेको पारदर्शी चुन्नी शरीरमा लपक्कै टाँसियो । उनको नितम्ब र स्तन अब अरू प्रष्टसँग देखियो । लजाएर उनले दायाँबायाँ हेरिन् । खोला नजिकै रुखबाट कसैले हेरिरहेको पो छ कि ? उनलाई शंका लाग्यो । अनि हतारहतार शरीरमा टाँसिएको चुन्नी शरीरबाट निकाल्ने असफल प्रयास गरिन् । रुखब...
बसन्तीका श्रीमान् पाँच वर्षपछि भारतबाट घर फर्किएका थिए । धेरैपछि श्रीमानलाई देख्दा उनको मन तरङ्गित भइरहेको थियो । श्रीमान् घर पुग्ने बित्तिकै अँगाल्न मन थियो उनलाई । तर कति उत्ताउली भएकी भन्लान् भनेर उनले आफूलाई सम्हालिन् । बरु श्रीमान्ले नै गम्ल्याङ्ग अँगालो हालिदिए हुन्थ्यो भन्ने सोचेर उनी श्रीमान्कै वरिपरि घुमिरहिन् । श्रीमान्ले कुरा गर्दागर्दै बेलाबेला उसको शरीरमा आँखा डुलाउँदा उनी लजाएर बाहिर निस्कन्थिन् । बसन्तीले श्रीमान्लाई मन पर्ने खाना छिनभरमै तयार गरिन् । पाँच वर्षको उनको छोरो पाँच वर्षपछि बाउसँग कुरा गर्दै खेल्दै थियो । बाउछोराको कुरामा बीचबीचमा बसन्ती पनि सहभागी हुन्थिन् । खाना पकाउँदै गर्दा उनले आफ्नो प्रेमका शुरुआती दिनलाई सम्झिइन् । बसन्ती सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा ब्राहृमण परिवारमा जन्मिएकी हुन् । ९ कक्षा पढ्दै गर्दा स्कूल बाहिरको पसलमा काम गर्ने प्रेमसँग उनको माया बसेको थियो । प्रेम गाउँकै दलित परिवारको छोरा हुन् । गरीबीका कारण उनले स्कूल पढ्न पाएका थिएनन् । ‘तल्लो जात’ भन्दै छोइछिटो गर्ने चलन गाउँमा सर्वत्र थियो । उनीहरू दिन प्रतिदिन मायामा...
‘अलि कम खानू, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ!’ भूमिका कुमारी विष्ट चैत १४ 6.3k Shares मधुका बुवा फौजमा जागिरे थिए। आमा गृहिणी। घरकी एक्ली सन्तान मधु गाउँको सबभन्दा राम्रो विद्यालयमा पढ्थी। उनको जीवनमा कुनै पनि कुराको कमी थिएन। तर पनि उसलाई सधैं एउटा चिन्ताले सताउथ्यो, ‘म किन मोटी भएँ ?’ १४ वर्षमै उनको तौल ८० केजी भैसकेको थियो। त्यही भएर मधु घरबाट कामै नपरी बाहिर निस्किन रुचाउदैनथी। निस्कियो कि छरछिमेकका कुरा सुन्न परिहाल्थ्यो, ‘उ मोटी आई’ । मोटोपनका उनका धेरै किस्साहरू थिए मन दुखाउने। बेलाबेलामा मलाई आएर सुनाइरहन्थी। म दुनियाँको वास्ता नगर भनेर ढाडस दिन्थेँ। एकदिन मधु र उनकी आमा, मामा घर जान बसमा चढेका रहेछन्। मधुलाई देख्ने बित्तिकै सहचालक भाइ कुर्लेछन्,‘बाबा हो, दुई जना अटाउने सिटमा एकैजना पो बसाउनु पर्ने भयो।’ सहचालकको कुरा सुनेर बसमा भएका सबै गलल हाँसे। मधुको मन भने कटक्क खायो। मामा घर पुग्ने बित्तिकै पनि सुरू भैहालेछ,‘भान्जी अलि खाना कम खानु के, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ’। मामाको कुराले मधुलाई त्यो रात निद्रा परेन...
Comments
Post a Comment