Posts

Showing posts from August, 2022

‘पापीले कहिले निको नहुन्या घाउ दिइगयो’

Image
    भूमिका विष्ट   २०७९ साउन ६ गते १५:५२  ६ साउन, महेन्द्रनगर । चार महिनापछि विमला (परिवर्तित नाम) एकल महिला भत्ता लिन नगरपालिका जाँदैछिन् । उनको घरदेखि नगरपालिका पुग्न कस्सिएर हिंड्दा दुई घण्टा लाग्छ । यसै त तराईको उखरमाउलो गर्मी । हिंड्दा–हिंड्दै उनको घाँटीको खटिरा चिलाउन थाल्यो । खटिरा कन्याउँदै उनले सुस्केरा हालिन्, ‘मरन्या मरेर बाई गयो पापीले मकनी कहिलै निको नहुन्या घाउ दिइगयो’ (मर्ने त मरेर गयो, पापीले मलाई कहिले निको नहुने घाउ दिएर गयो) । उनको दुःखान्त १५ वर्षअघि सुरु भयो । १६ वर्षको कलकलाउँदो उमेरमा विमलाको विवाह भयो । चार छोरा जन्मिए । खाने मुख बढ्दै गयो, तर आयआर्जनको मेलो थिएन । उनका श्रीमान ज्याला मजदुरी गर्न भारततर्फ लागे । भारत गएपछि भने श्रीमानको अत्तोपत्तो हुन छाड्यो । श्रीमान कहिले दुई वर्षमा त कहिले तीन वर्षमा मात्र घर फर्कंन्थे । बनिबुतो गरेरै विमलाले चार लालाबाला हुर्काउँदै थिइन् । श्रीमान भारत पसेको धेरै समय बितिसकेको थियो । उनी कहाँ, के गर्दैछन् ? थाहापत्तो थिएन । पाँच वर्ष बित्यो । एकरात श्रीमान घर आइपुगे । श्रीमान भारत फर्कने बेला फकाईफुल्याई अ...

म कसरी आफूलाई सुम्पन सक्छु ?

Image
  २०७९ असार ३२ गते ६:   भूमिका विष्ट   २०७९ असार ३२ गते ६:५३  बस्तीमा लागेको भीषण आगलागी मत्थर भएपछि गाउँले क्रमशः आफ्नो दिनचर्यामा फर्किएका थिए । खरानी भइसकेका घरहरू अब नयाँ संरचनामा ठडिंदै थिए । कोही डाँडाभाटा लगाउने काममा तल्लीन थिए भने कोही छानो छाउने । किसानहरू गोठ–टहरा बनाउने र आफ्ना गाईबस्तु स्याहारसुसार गर्ने काममा लागेका थिए । बोटबिरुवा लगाउने, अन्नपात जोहो गर्ने, खेतीपाती सुरु गर्ने सुरसार पनि हुँदैथियो । सबै आ–आफ्ना लयमा फर्किसकेका थिए । जनजीविका सामान्य बन्दैथियो । बस्तीमा कसले आगो सल्काइदियो ? थाहापत्तो लागेको थिएन । गाउँ नै तहसनहस बनाएको आगलागीले छायालाई पनि दुःखी नबनाउने कुरै भएन । त्यही गाउँ, त्यही समाजमा हुर्किएकी छाया यसबाट कसरी अछुतो रहन सक्थिन् र ? उनकै घर जलेर नष्ट भएको थियो । घरसँगै उनले सँगालेर राखेका कतिपय सरसामान खरानी भएका थिए । यद्यपि एउटा कुराले भने उनलाई सन्तोष दिलाएको थियो । बस्तीमा कसैले आगो सल्काइदियो, जसले उनको विवाहको कुरा रद्द भयो । आफ्नो मञ्जुरीविना हुन लागेको विवाह रोकिएकोमा उनी मनमनै खुसी थिइन् । किनभने आगलागी हुनुअघि उनको घरमा व...

त्यो रात कसले आगो लगायो ?

Image
  भूमिका कुमारी बिष्ट   २०७८ चैत २६ गते ८:०८    9.1k Shares कथा : छाया २० वर्षकी मस्त तरुनी थिइन् । यौवनले भरिँदै जाँदा उनको शरीरमा बेग्लै चमक देखिन्थ्यो । शरीर क्रमशः परिवर्तन हुँदै जाँदा मनको चञ्चलता पनि बढ्दै थियो । त्यसैले छाया घण्टौं ऐनामा आफ्नो यौवना नियाल्ने गर्थिन् । खेलामा नुहाउन गएकी छायाले भित्री वस्त्र खोल्दै पातलो सेतो चुन्नीले आफ्नो निर्वस्त्र शरीर छोपिन् । नुहाउँदै गर्दा उनले आफ्नो अनुहारदेखि पैतलासम्म साबुन लगाइन् । खोलाको पानीमा उनको सग्लो शरीरको प्रतिबिम्ब देखियो । त्यो सुकुमार शरीर कम्ता आकर्षक देखिएन । खोलाको पानीमा डुब्बी लगाएर माथि उठ्दा पानीभित्रै सेतो चुन्नीको अस्तित्व हरायो र चुन्नी अब सेतो मात्र रहेन । पानीसँगै सेतो चुन्नीले उनको सम्पूर्ण निर्वस्त्र अंग देखाइदियो । पानीले निथ्रुक्क भिजेको पारदर्शी चुन्नी शरीरमा लपक्कै टाँसियो । उनको नितम्ब र स्तन अब अरू प्रष्टसँग देखियो । लजाएर उनले दायाँबायाँ हेरिन् । खोला नजिकै रुखबाट कसैले हेरिरहेको पो छ कि ? उनलाई शंका लाग्यो । अनि हतारहतार शरीरमा टाँसिएको चुन्नी शरीरबाट निकाल्ने असफल प्रयास गरिन् । रुखब...

घरजमको सपना बोकेर भारत हिंडेका युवती जब गड्डाचौकीमा रोकिए…

Image
    भूमिकाकुमारी विष्ट   २०७८ चैत १७ गते १२:३२ १७ चैत,कञ्चनपुर । कोरोना महामारीका कारण विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन थालेपछि कैलालीकी पूजा (नाम परिवर्तन)की आमाले पहिलोपटक छोरीलाई मोबाइल किनिदिइन् । आर्थिक अवस्था कमजोर भएपनि छोरीको पढाइ नबिग्रियोस् भनेर आमाले पूजालाई मोबाइल किनिदिएकी थिइन् । पूजा पनि सानैदेखि पढाइमा तेज थिइन् । पूजाले मोबाइल पाएपछि अनलाइन कक्षा लिन थालिन् । अरु समयमा सामाजिक सञ्जाल फेसबुक पनि चलाउन थालिन् । इन्टरनेटबाट संसारसँग जोडिन सकिएपछि उनी मक्ख थिइन् । फेसबुकमा सक्रिय हुँदै जाँदा पूजालाई नवीन नाम (नाम परिवर्तन) गरेको आईडीबाट फेन्ड रिक्वेस्ट आयो । प्रोफाइलमा रहेको आकर्षक तस्वीर देखेर उनले तुरुन्तै रिक्वेस्ट स्वीकारिन् । त्यसपछि विस्तारै उनीहरुपछि कुराकानी हुन थाल्यो । पछि त यो सिलसिला घण्टौंसम्म चल्यो । नजिक हुँदै गएपछि पूजाले पनि नविनलाई आफ्ना र परिवारका कुराहरु सेयर गर्न थालिन् । बुवा उच्च रक्तचापको बिरामी, खेतीपाती थोरै, आमाले ज्यालामजदुरी गर्ने, दिदीको बिहे हुन नसकेको अनि भाइहरुलाई पढाउन धौ धौ भएका जस्ता पारिवारिक कुरा सबै नविनलाई पूजाले सुन...

गल्ती मेट्ने इरेजर भइदिए …

Image
  भूमिकाकुमारी विष्ट    २०७८ चैत ५ गते १८:२ विमललाई लाग्छ उनको आजसम्मको जीवन एक सपना भइदिए हुन्थ्योझैं लागेको छ । जहाँ राति देखेका नराम्रा सपना, बिहानको उज्यालोमा हराएर नयाँ बिहानी शुरु भएझैं जीवन पनि पुराना गल्तीलाई थाँती राखेर अघि बढाउन पाए हुन्थ्यो झैं लाग्छ । रातिको १२ बजिसकेको थियो उनी निदाउन सकेका थिएनन् । दाहिने हातको सिरानी बनाई आकाशका तारातिर आँखा डुलाउँदै, उनले आफैंलाई भने जीवनका हरेक गल्ती मेटाउने इरेजर भइदिए हुन्थ्यो । अनि आफ्नो विगतलाई सम्झिन थाले । मध्यमवर्गीय परिवारको एक्लो छोरा हुन् विमल । उनी गाउँको सबैभन्दा राम्रो निजी स्कुलमा पढ्थे । ८ कक्षासम्म उनी सधैं कक्षामा पहिलो पनि हुन्थे । कक्षा ९ मा पुगेपछि उनका नयाँ साथीहरु बने । अर्को वर्ष एसएलसी परीक्षा हुने भएकाले कक्षा ९ देखि नै स्कुलमा विद्यार्थीहरुलाइ अतिरिक्त कक्षा सुरु भएको थियो । त्यो बेला एसएलसी परीक्षामा कक्षा ९ र १० दुवैबाट प्रश्न सोधिन्थ्यो । त्यसैले कक्षा ९ देखि नै विद्यार्थीहरुलाई विशेष ध्यान दिइन्थ्यो । नियमित कक्षा १० बजे सुरु भएपनि अतिरिक्त कक्षाको ७ बजे नै सुरु हुन्थ्यो । बिहानै घरबाट निस्के...